तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्। किनभने यदि कुनै दुर्बल विवेक भएको मानिसले तिमी ज्ञान भएको मानिसलाई मूर्तिको मन्दिरमा खान बसेको देख्यो भने, मूर्तिलाई चढ़ाएको खानेकुरा खाने त्यसले साहस नगर्ला र? अनि तिम्रो ज्ञानले गर्दा त्यो दुर्बल भाइ नष्ट हुन्छ, जसको निम्ति ख्रीष्ट मर्नुभयो। अब यसरी आफ्ना भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका दुर्बल विवेकलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।
१ कोरिन्थी 8 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 8:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू