१ कोरिन्थी 7:1-5

१ कोरिन्थी 7:1-5 NNRV

अब तिमीहरूले लेखेका कुराहरूका विषयमा: पुरुषले स्त्रीलाई नछुनु नै असल हो। तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌। पतिले आफ्‍नी पत्‍नीलाई तिनको वैवाहिक हक देओस्, र यसरी नै पत्‍नीले पनि आफ्‍ना पतिलाई। पत्‍नीले आफ्‍नो शरीरमाथि अधिकार राख्‍दिन, तर उसको पतिले राख्‍छ। यसरी नै पतिले पनि आफ्‍नो शरीरमाथि अधिकार राख्‍दैन, तर उसकी पत्‍नीले राख्‍छे। पति पत्‍नीले आफ्‍नो पारस्‍परिक संसर्गदेखि एक-अर्कालाई इन्‍कार नगर। इन्‍कार गर्‍यौ भने पनि आपसमा सल्‍लाह गरेर केही समयको निम्‍ति मात्र, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। तब फेरि एकसाथ बस, ताकि आत्‍मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्‌।