१ कोरिन्थी 5:1-7

१ कोरिन्थी 5:1-7 NNRV

तिमीहरूका बीचमा व्‍यभिचार छ भन्‍ने कुरा पक्‍का गरी सुनिएको छ, यस्‍तो व्‍यभिचार जो अन्‍यजातिहरूमा पनि हुँदैन। तिमीहरूमध्‍ये कुनै एक जनाले आफ्‍नै बुबाकी पत्नी राखेको छ भन्‍ने सुनेको छु। तिमीहरूचाहिँ घमण्‍ड गर्छौ। तिमीहरूले त शोक गर्नुपर्नेथिएन र? यस्‍तो काम गर्नेलाई तिमीहरूका बीचबाट हटाओ। म शरीरमा उपस्‍थित नभए पनि आत्‍मामा तिमीहरूसँग छु। म उपस्‍थित भएझैँ गरी यस्‍तो काम गर्नेको न्‍याय मैले गरिसकेको छु। जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्‍छौ र म आत्‍मामा तिमीहरूसँग उपस्‍थित हुन्‍छु, अनि हाम्रा प्रभु येशूको शक्तिमा, त्‍यस मानिसलाई शैतानकहाँ सुम्‍पिदेओ, ताकि त्‍यसको पापमय स्‍वभाव नाश होस्, अनि प्रभुको दिनमा त्‍यसको आत्‍माचाहिँ बाँचोस्‌। तिमीहरूको घमण्‍ड ठीक होइन। अलिकता खमिरले जम्‍मै ढिकालाई खमिरा बनाइहाल्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? नयाँ ढिका बन्‍नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्‍तवमा अखमिरी नै हौ। हाम्रो निस्‍तारको थुमा, ख्रीष्‍टको बलिदान भइसकेको छ।