१ कोरिन्थी 4:14-16

१ कोरिन्थी 4:14-16 NNRV

तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो। किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें। यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु।