१ कोरिन्थी 4:13-21

१ कोरिन्थी 4:13-21 NNRV

हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं। तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो। किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें। यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु। यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्‍यारा र विश्‍वासी छोरा हुन्‌। मैले सबै ठाउँमा सारा मण्‍डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्‍तो छ, सो तिनले तिमीहरूलाई सम्‍झना गराउनेछन्‌। म तिमीहरूकहाँ नआउने भन्‍ठानेर कति जना अहङ्कारी भएका छन्‌। तर प्रभुको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्‍यसको पत्ता लाउनेछु। किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्तिमा हुन्‍छ। तिमीहरू के इच्‍छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्‍मामा प्रेमसाथ?