१ कोरिन्थी 4:1-6

१ कोरिन्थी 4:1-6 NNRV

यसरी मानिसले हामीहरूलाई ख्रीष्‍टका सेवक र परमेश्‍वरका रहस्‍यहरूका भण्‍डारे ठान्‍नुपर्दछ। त्‍यसबाहेक यो आवश्‍यक छ, कि भण्‍डारेहरू विश्‍वासयोग्‍य ठहरिनुपर्छ। तर तिमीहरूबाट वा मानिसको कुनै अदालतबाट मेरो इन्‍साफ हुनु, यो त मेरो निम्‍ति अति सानो कुरो हो, म आफै पनि आफ्‍नो इन्‍साफ गर्दिनँ। मेरो आफ्‍नै विरुद्धमा केही छ भन्‍ने मलाई थाहा छैन, तर त्‍यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्‍याय गर्ने त प्रभु नै हुनुहुन्‍छ। यसकारण तोकिएको समयभन्‍दा अघि न्‍याय नगर, प्रभु आउञ्‍जेल पर्ख। उहाँले अँध्‍यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्‍याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्‍वरबाट आफ्‍नो प्रशंसा पाउनेछ। भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल।