१ कोरिन्थी 3:11-14

१ कोरिन्थी 3:11-14 NNRV

किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन। अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्‍य पत्‍थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्‍यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।