१ कोरिन्थी 2:9-13

१ कोरिन्थी 2:9-13 NNRV

तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।” परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ। मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन। अब हामीले संसारको आत्‍मा पाएका छैनौं, तर परमेश्‍वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्‍न सकौं भनेर उहाँबाट पवित्र आत्‍मा पाएका छौं। जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्‍दहरूमा होइन, तर पवित्र आत्‍माले सिकाउनुभएअनुसार हामी आत्‍मिक शब्‍दहरूमा आत्‍मिक सत्‍यताहरूको अर्थ खोल्‍दछौं।