१ कोरिन्थी 16:1-4

१ कोरिन्थी 16:1-4 NNRV

अब सन्‍तहरूका निम्‍ति भेटीको विषयमा गलातियाका मण्‍डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू: प्रत्‍येक हप्‍ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्‍नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्‍मा गर्दै राख्‍नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्‌। अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु। तर म पनि जान ठीक देखियो भने तिनीहरू मसँग जानेछन्‌।