१ कोरिन्थी 15:9-11

१ कोरिन्थी 15:9-11 NNRV

किनकि प्रेरितहरूमध्‍ये म सबैभन्‍दा तुच्‍छ हुँ। म प्रेरित भनिन योग्‍य छैनँ। किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई खेदो गरें। तर म जो छु, त्‍यो परमेश्‍वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्‍यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्‍दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्‍वरको अनुग्रहले हो। यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्‍वास गरेका छौ।