१ कोरिन्थी 15:51-57

१ कोरिन्थी 15:51-57 NNRV

हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।” “ए मृत्‍यु, तेरो विजय कहाँ? ए मृत्‍यु, तेरो खील कहाँ?” मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो। तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।