१ कोरिन्थी 15:50-54

१ कोरिन्थी 15:50-54 NNRV

अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ। हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।”