१ कोरिन्थी 15:47-49

१ कोरिन्थी 15:47-49 NNRV

पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो। माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं।