१ कोरिन्थी 15:42-49

१ कोरिन्थी 15:42-49 NNRV

मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ। अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ। यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो। पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो। पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो। माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं।