१ कोरिन्थी 15:35-41

१ कोरिन्थी 15:35-41 NNRV

तर कसैले सोध्‍ला “मृतकहरू कसरी पुनर्जीवित हुन्‍छन्, र तिनीहरू कस्‍ता किसिमको शरीर लिएर आउनेछन्‌?” हे मूर्ख! जे तिमी रोप्‍तछौ त्‍यो नमरिकन सजीव हुँदैन। जे तिमी रोप्‍तछौ त्‍योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्‍तछौ, चाहे त्‍यो गहूँ, अथवा अरू कुनै किसिमको अन्‍न होस्‌। तर आफूलाई खुशी लागेबमोजिम परमेश्‍वरले त्‍यसलाई एउटा शरीर दिनुहुन्‍छ, र हरेक किसिमको बीउलाई त्‍यसैको शरीर दिनुहुन्‍छ। सबै शरीर एकै किसिमका हुँदैनन्‌। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ। अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको। सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।