१ कोरिन्थी 15:30-34

१ कोरिन्थी 15:30-34 NNRV

मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु। भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्‍न सक्‍तछु, कि प्रतिदिन म मर्दछु। मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!” भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ। होशमा होओ, अब उप्रान्‍त पाप नगर। किनकि कतिलाई त परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई लज्‍जित तुल्‍याउनलाई मैले यो भनेको हुँ।