वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ। किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू। तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ। किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो। “किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नुभएको छ।” तर यो स्पष्ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्नाले परमेश्वर आफै त्यस अधीनतामुनि हुनुहुन्न, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्। नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्? मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु। भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्न सक्तछु, कि प्रतिदिन म मर्दछु। मान्छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्छौं!” भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ। होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।
१ कोरिन्थी 15 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:20-34
7 Days
We're always told, "It's just another part of life," but trite sayings don't make the sting of losing a loved one any less painful. Learn to run to God when facing one of life's most difficult challenges.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू