मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन। किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन। ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्वास व्यर्थ छ, र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। तब त ख्रीष्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छौं।
१ कोरिन्थी 15 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:12-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू