१ कोरिन्थी 14:37-40

१ कोरिन्थी 14:37-40 NNRV

कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌। तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन। यसकारण भाइ हो, अगमवाणी बोल्‍ने उत्‍कट इच्‍छा गर, र अन्‍य भाषामा बोल्‍नेहरूलाई मनाही नगर। तर सबै काम शिष्‍टतापूर्वक र सुव्‍यवस्‍थित ढङ्गले हुनुपर्छ।