१ कोरिन्थी 14:32-36

१ कोरिन्थी 14:32-36 NNRV

अगमवक्ताहरूका आत्‍मा अगमवक्ताहरूकै अधीनमा हुन्‍छन्‌। किनकि परमेश्‍वर गोलमालका परमेश्‍वर हुनुहुन्‍न, तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ। सन्‍तहरूका सबै मण्‍डलीमा भएको प्रथाअनुसार, स्‍त्रीहरू मण्‍डलीको सभामा चूपचाप रहून्‌। तिनीहरूलाई बोल्‍ने अनुमति छैन, तर व्‍यवस्‍थाले भनेझैँ तिनीहरू अधीनमा रहून्‌। केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो। के परमेश्‍वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?