यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर अविश्वासीहरूका निम्ति चिन्ह हो। तर अगमवाणीचाहिँ अविश्वासीहरूका निम्ति होइन, तर विश्वासीहरूका निम्ति हो। यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने, र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बौलाहा भन्नेछैनन् र? तर सबैले अगमवाणी गरिरहेको बेला कोही अविश्वासी वा बाहिरको मानिस त्यहाँ पस्यो भने उसलाई सबैद्वारा आफ्नो पापको बोध हुनेछ, र सबैद्वारा ऊ जाँचिनेछ। त्यसको हृदयका गुप्त कुराहरू प्रकट हुनेछन्, र घोप्टो परेर त्यसले परमेश्वरलाई पुज्नेछ, र त्यसले “परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ” भन्ने घोषणा गर्नेछ।
१ कोरिन्थी 14 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 14:22-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू