प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति। किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ। तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ। अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ। तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।
१ कोरिन्थी 14 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 14:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू