किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र? यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुँघ्ने कहाँबाट? तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।
१ कोरिन्थी 12 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:14-20
३ दिन
बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू