किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ। किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो। किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र? यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुँघ्ने कहाँबाट? तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै।
१ कोरिन्थी 12 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:12-20
३ दिन
बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू