भाइ हो, अब आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्ने मेरो इच्छा छैन। तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्नै नसक्ने मूर्तिहरूतिर बहकिएका थियौ। यसकारण तिमीहरूले यो कुरा बुझेका म चाहन्छु, कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले “येशू श्रापित होस्” भन्दैन, अनि पवित्र आत्माद्वारा मात्र “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्छ। वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ। सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ। सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ।
१ कोरिन्थी 12 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 12:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू