१ कोरिन्थी 11:27-34

१ कोरिन्थी 11:27-34 NNRV

यसकारण जसले अयोग्‍य रीतिले प्रभुको रोटी खान्‍छ, कि प्रभुको कचौराबाट पिउँछ, त्‍यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्‍याएकोमा दोषी ठहरिनेछ। हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्‍यसले रोटी खाओस्, र कचौराबाट पिओस्‌। किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्‍छ र पिउँछ त्‍यसले त्‍यो खाएको र पिएको कारणले आफूमाथि दण्‍ड ल्‍याउनेछ। यसैकारण तिमीहरूमध्‍ये धेरै जना दुर्बल र रोगी छौ, र कति जनाचाहिँ सुतिसकेका छन्‌। तर हामी साँच्‍चै आफैले आफैलाई जाँचेका छौं भने हामी न्‍यायमा पर्नेछैनौं। तर जब प्रभुले हाम्रो न्‍याय गर्नुहुन्‍छ, तब हामीलाई अनुशासन गर्नुहुन्‍छ, ताकि संसारसँग हामी दोषी नठहरिऔं। यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख। यदि कोही भोको छ भने त्‍यसले घरैमा खाओस्, नत्रता एकसाथ भेला हुँदा तिमीहरू दण्‍डको भागी हुनेछौ। अरू कुराहरूका विषयमा म आउँदा निर्देशन दिनेछु।