१ कोरिन्थी 10:23-33

१ कोरिन्थी 10:23-33 NNRV

“सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्‌। “सबै कुरा न्‍यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्‌। कसैले पनि आफ्‍नो भलाइ नखोजोस्, तर आफ्‍नो छिमेकीको भलाइ खोजोस्‌। मासु पसलहरूमा के बेचिन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी त्‍यो खाओ। किनभने “पृथ्‍वी र त्‍यसमा भएका यावत्‌ थोकहरू सबै परमप्रभुकै हुन्‌।” कुनै एक अविश्‍वासीले तिमीहरूलाई भोजमा निम्‍तो दिँदा, तिमीलाई जाने इच्‍छा भयो भने तिम्रो अगाडि जे राखिदिएको हुन्‍छ, विवेकको खातिर केही सोधपूछ नगरी खाओ। तर कोही मानिसले तिमीलाई “यो त बलिमा चढ़ाएको हो” भन्‍यो भने, बताइदिनेको खातिर र विवेकको खातिर, त्‍यो नखाओ। तिम्रो होइन, तर त्‍यसको विवेकको खातिर। मेरो स्‍वतन्‍त्रताको न्‍याय अर्काको विवेकले किन हुने र? यदि धन्‍यवाद दिएर म खाँदैछु भने, धन्‍यवाद दिएर खाएको भोजको निम्‍ति किन मेरो निन्‍दा हुने? यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर। कसैलाई ठेस लाग्‍ने काम नगर, चाहे यहूदीलाई होस्, वा ग्रीकलाई होस्, वा परमेश्‍वरको मण्‍डलीलाई होस्‌। जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्‍न राख्‍ने कोसिस गर्दछु, म आफ्‍नै होइन, तर धेरैको हित खोज्‍दछु, ताकि तिनीहरूको उद्धार होस्‌।