१ कोरिन्थी 1:9-12

१ कोरिन्थी 1:9-12 NNRV

परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ। अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ। किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌। मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।