१ कोरिन्थी 1:7-9

१ कोरिन्थी 1:7-9 NNRV

ताकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा कुनै आत्‍मिक वरदानको अभाव हुँदैन। हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा तिमीहरूलाई दोषरहित राख्‍न उहाँले तिमीहरूलाई अन्‍त्‍यसम्‍मै सुदृढ़ राख्‍नुहुनेछ। परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसद्वारा उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टको सङ्गतिमा तिमीहरू बोलाइयौ।