त्यसपछि राजा दाऊदले सारा समुदायलाई भने, “मेरा छोरा सोलोमन, कलिलै उमेरका सोलोमनलाई नै परमेश्वरले चुन्नुभएको छ। यो काम महान् छ, किनकि यो भवन मानिसको निम्ति होइन तर परमप्रभु परमेश्वरको निम्ति हो। मेरा सबै बलले भ्याएसम्म मैले मेरा परमेश्वरका मन्दिरको लागि सुनका कामको निम्ति सुन, चाँदीका कामको निम्ति चाँदी, काँसाको निम्ति काँसा, फलामको निम्ति फलाम, काठको निम्ति काठ, र मणिघरको निम्ति आनिक्स, फिरोजा, विभिन्न रङ्गका पत्थरहरू, र सबै किसिमका दामी-दामी ढुङ्गाहरू प्रशस्त गरी तयार पारिराखेको छु। त्यसबाहेक मेरा परमेश्वरको मन्दिरप्रति मलाई ज्यादा भक्ति भएको हुनाले मेरा परमेश्वरका मन्दिरको निम्ति म मेरो आफ्नो निजी भण्डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्दिरको निम्ति मैले जम्मा गरेका सबै थोकबाहेक हो— अर्थात्, एक सय टन सुन (ओपीरको सुन) र दुई सय चालीस टन निखुर चाँदी मन्दिरका भित्ताहरू मोहोर्नलाई, सुनका कामको निम्ति र चाँदीको कामको निम्ति अनि निपुण कारीगरले गर्ने सबै कामको निम्ति दिँदैछु। अब आज परमप्रभुलाई अर्पण गर्न को राजी छ?” तब घराना-घरानाका नायकहरू, इस्राएलका कुलहरूका अधिकृतहरू, हजार र सयका सेनापतिहरू र राजाका सेवाको जिम्मामा रहेका अधिकारीहरूले, राजीखुशीसित परमप्रभुको मन्दिरका कामको निम्ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।
१ इतिहास 29 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 29
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 29:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू