१ इतिहास 16:23-31

१ इतिहास 16:23-31 NNRV

हे सारा पृथ्‍वीका मानिस हो, परमप्रभुको निम्‍ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर। जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर। किनकि परमप्रभु महान्‌ हुनुहुन्‍छ, उच्‍च प्रशंसाको योग्‍यका हुनुहुन्‍छ, सारा देवताहरूभन्‍दा बढ़ी उहाँकै डर राख्‍नुपर्छ। किनकि जातिहरूका सबै देवहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त स्‍वर्ग सृष्‍टि गर्नुभयो। प्रताप र गौरव उहाँको सम्‍मुख छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌। जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको सामु आओ। उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत्‌ गर, हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी होओ। संसार स्‍थिर रूपले स्‍थापित भएको छ, त्‍यसलाई हल्‍लाउन सकिँदैन। स्‍वर्ग आनन्‍दित होस्, र पृथ्‍वी रमाओस्, जाति-जातिहरूका बीचमा मानिसहरूले यसो भनेर प्रचार गरून्, “परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ।”