१ इतिहास 16:1-6

१ इतिहास 16:1-6 NNRV

तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याएर त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र राखे, र तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढ़ाए। जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए, र हरेक इस्राएली, पुरुष र स्‍त्रीलाई एउटा-एउटा रोटी, एक डल्‍लो खजूर र एक झुप्‍पा किशमिश खान दिए। परमप्रभुका सन्‍दूकको सामुन्‍ने सेवा गर्न, उहाँलाई अन्‍तर्बिन्‍ती र धन्‍यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा र स्‍तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे। तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्‍यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्‍याली बजाउँथे। अनि परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।