दाऊदले आफ्ना हरेक अधिकृत, हजारका सेनानीहरू र सयका कप्तानहरूसँग सल्लाह लिन्थे। तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “यदि तपाईंहरू सम्मति दिनुहुन्छ, र यदि परमप्रभु हाम्रा परमेश्वरले बाटो खोलिदिनुभयो भने, हामी इस्राएलका सबै इलाकाहरूमा बाँकी रहेका हाम्रा कुटुम्बहरू र तिनीहरूका सहर र चरनहरूमा बस्ने पूजाहारी र लेवीहरूलाई हामीसँग मिल्न आऊन् भनी समाचार पठाऔं। हाम्रा परमेश्वरको सन्दूक हामी ल्याऔं, किनकि शाऊल बाँचुञ्जेल हामीले कहिल्यै त्यसको वास्ता गरेनौं।” तब सबै समुदायले त्यसो गर्ने निश्चय गरे, किनभने समस्त मानिसहरूले यसो गर्ने सम्मति दिए।
१ इतिहास 13 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 13:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू