दाऊदको सरकार गठन गर्नमा पूर्ण सहायता दिने, र जम्मै इस्राएलका साथ परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ तिनलाई राजा तुल्याउनमा मदत गर्ने दाऊदका वीर-वीर मानिसहरूमा प्रधानहरू यी नै हुन्: हक्मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए। तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्ये एक जना थिए। तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भएका थिए। मानिसहरू पलिश्तीहरूका सामुन्नेबाट भागे, तर तिनी र दाऊद मात्र त्यस खेतको बीचमा लड्दैरहे, र त्यस खेतलाई बचाएर तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले एक ठूलो विजय ल्याउनुभयो। ती तीस जना मुख्य मानिसहरूमध्ये तीन जना अदुल्लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्नलाई गएका थिए। त्यस बेला पलिश्तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्तीको फौज बेथलेहेममा थियो। दाऊद साह्रै तिर्खाए, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकाको छेउमा भएको कूवाबाट पानी पिउन पाए त हुन्थ्यो!” यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। तर दाऊदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अगि खन्याएर भने, “के मैले यी मानिसहरूको रगत पिउने? परमेश्वरले मलाई यस्तो काम गर्नबाट रोकून्! तिनीहरूले त यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्! यसैले तिनले त्यो पिउन चाहेनन्। यी तीन जना वीर मानिहरूका वीरताको काम यस्तै थिए। योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरेर तिनीहरूका कप्तान भए, तर तिनी ती तीन जनामध्ये गनिएनन्। यहोयादाका छोरा कब्सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए। तिनले पाँच हात अल्गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्न गए, र त्यस मिश्रीको हातबाट त्यसकै भाला खोसेर त्यही हतियारले तिनले त्यसलाई मारेका थिए। यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए। ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरे, तर तिनी ती तीन जनामध्ये गनिएनन्। दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूका मुखिया तुल्याए।
१ इतिहास 11 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 11:10-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू