1
गन्ती 13:30
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
त्यसपछि कालेबले मोशाको सामु मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यो देशमा जानुपर्छ, र त्यस देशमाथि अधिकार गर्नुपर्छ। किनकि हामीले निश्चय नै विजय हासिल गर्न सक्छौँ।”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 13:30
2
गन्ती 13:33
हामीले त्यहाँ नेफिलीमहरूलाई देख्यौँ (अनाकका सन्ततिहरू नेफिलीमहरूबाट आएका हुन्)। हामी आफ्नै दृष्टिमा फट्याङ्ग्राझैँ देखिन्थ्यौँ। अनि तिनीहरूले पनि पक्कै हामीलाई त्यस्तै ठान्छन्।”
अन्वेषण गर्नुहोस् गन्ती 13:33
3
गन्ती 13:31
तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
अन्वेषण गर्नुहोस् गन्ती 13:31
4
गन्ती 13:32
तिनीहरूले जासुसी गरी आएको देशको बारेमा इस्राएलीहरूका बीचमा नकारात्मक कुराहरू फैलाए। तिनीहरूले भने, “हामीले जासुसी गरेर आएको देशले आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिसहरू ठूला-ठूला कदका छन्।
अन्वेषण गर्नुहोस् गन्ती 13:32
5
गन्ती 13:27
तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
अन्वेषण गर्नुहोस् गन्ती 13:27
6
गन्ती 13:28
तर त्यस देशमा बस्ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।
अन्वेषण गर्नुहोस् गन्ती 13:28
7
गन्ती 13:29
अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”
अन्वेषण गर्नुहोस् गन्ती 13:29
8
गन्ती 13:26
कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।
अन्वेषण गर्नुहोस् गन्ती 13:26
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू