1
प्रकाश 22:13
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म अल्फा र ओमेगा, आदि र अन्त हुँ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 22:13
2
प्रकाश 22:12
“हेर, म चाँडै आउनेछु,” येशू भन्नुहुन्छ, “आफ्ना-आफ्ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु।
अन्वेषण गर्नुहोस् प्रकाश 22:12
3
प्रकाश 22:17
पवित्र आत्मा र दुलहीले “आउनुहोस्!” भन्छन्, जसले सुन्छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ!
अन्वेषण गर्नुहोस् प्रकाश 22:17
4
प्रकाश 22:14
आफ्ना लुगा धोएर सफा राख्नेहरू धन्य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्ने हक पाउनेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:14
5
प्रकाश 22:7
येशू भन्नुहुन्छ, “म चाँडै आउँछु। यो पुस्तकमा लेखिएका अगमवाणीका वचन मान्नेहरू धन्य हुन्।”
अन्वेषण गर्नुहोस् प्रकाश 22:7
6
प्रकाश 22:5
अनि त्यहाँ कहिले पनि रातपर्नेछैन, त्यहाँ बत्ती र घामको उज्यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्वर नै उनीहरूको उज्यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 22:5
7
प्रकाश 22:20-21
जसले यी सबै कुरामा साक्षी दिनुहुन्छ, उहाँले नै भन्नुहुन्छ, “साँच्चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।
अन्वेषण गर्नुहोस् प्रकाश 22:20-21
8
प्रकाश 22:18-19
यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म यूहन्नाले यो चेतावनी दिन्छु, यिनमा केही थप्छ भने उसलाई परमेश्वरले यस पुस्तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ। कसैले केही कुरा यो पुस्तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्छ भने परमेश्वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्नुहुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 22:18-19
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू