1
प्रस्थान 23:25-26
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
याहवेह तिमीहरूका परमेश्वरलाई आराधना गर्नू, र तिमीहरूका अन्नपानीमा उहाँको आशिष् रहनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु; अनि तिमीहरूको देशमा कसैको गर्भ तुहुनेछैन वा कोही बाँझी हुनेछैन। म तिमीहरूलाई पूरा आयु जिउन दिनेछु।
താരതമ്യം
प्रस्थान 23:25-26 പര്യവേക്ഷണം ചെയ്യുക
2
प्रस्थान 23:20
“हेर, तिमीहरूलाई बाटोमा रक्षा गर्न मैले तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउनलाई म एउटा दूत तिमीहरूका अगि-अगि पठाउँदैछु।
प्रस्थान 23:20 പര്യവേക്ഷണം ചെയ്യുക
3
प्रस्थान 23:22
यदि तिमीहरूले तिनले भनेका कुरा ध्यानपूर्वक सुन्यौ र मैले तिमीहरूलाई भनेका सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु बन्नेछु; अनि तिमीहरूलाई विरोध गर्नेहरूलाई म विरोध गर्नेछु।
प्रस्थान 23:22 പര്യവേക്ഷണം ചെയ്യുക
4
प्रस्थान 23:2-3
“तैँले खराबी गर्न भीडको पछि नलाग्नू। मुद्दामा साक्षी दिँदा भीडतिर लागेर न्याय नबिगार्नू; अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू।
प्रस्थान 23:2-3 പര്യവേക്ഷണം ചെയ്യുക
5
प्रस्थान 23:1
“तैँले झूटो कुरा नफैलाउनू। झूटो साक्षी बनेर दुष्ट मानिसलाई नसघाउनू।
प्रस्थान 23:1 പര്യവേക്ഷണം ചെയ്യുക