सपन्याह 2
2
पश्चात्ताप गर्ने आग्रह
1ए लाज नभएको जाति, होशमा आऊ! 2तिमीहरू भुसझैँ हावाले उडाइलगिनुअघि परमप्रभुको बल्दो क्रोध तिमीहरूमाथि आइपर्नुअघि, उहाँको क्रोध प्रकट हुने दिन आउनुअघि तिमीहरूले होश राख। 3उहाँको आज्ञापालन गर्ने यस देशका दीन र नम्र मानिसहरू हो! परमप्रभुतिर फर्क, उचित काम गर, परमप्रभुको सामुन्ने आफैंलाई नम्र तुल्याओ। हुन सक्छ, परमप्रभुको क्रोध प्रकट भएको दिन तिमीहरू दण्डबाट बाँच्नेछौ।
इस्राएलका छिमेकी देशहरूको विनाश
4 #
यशैया 14:29-31; यर्मिया 47:1-7; इजकिएल 25:15-17; योएल 3:4-8; आमोस 1:6-8; जकरिया 9:5-7 गाजा सहरमा कोही छोडिनेछैन। अश्कलोन उजाड हुनेछ। अश्दोदका बासिन्दाहरू धपाइन आधा दिन मात्र समय लाग्नेछ। एक्रोनका बासिन्दाहरू आफ्ना सहरबाट धपाइनेछन्। 5समुद्रको किनारमा बास गर्ने पलिश्तीहरू, तिमीहरूको नाश हुनेछ। तिमीहरूमाथि परमप्रभुले दण्डको आज्ञा दिइसक्नुभएको छ। उहाँले तिमीहरूलाई नष्ट पार्नुहुनेछ। तिमीहरूबाट एक जना पनि जीवित छोडिनेछैनौ। 6समुद्र किनारको तिमीहरूको जमिनचाहिँ भेडा गोठालाहरूको निम्ति बस्ने स्थान र भेडाहरूको निम्ति चरनहरू बन्नेछ। 7यहूदाका बाँचेका मानिसहरूले तिमीहरूका जमिन कब्जा गर्नेछन्। तिनीहरूले आफ्ना भेडाहरू त्यहाँ चराउनेछन्। अश्कलोनका घरहरूमा तिनीहरू राती सुत्नेछन्। परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसित रहनुहुनेछ र उहाँले फेरि तिनीहरूको फलिफाप गराउनुहुनेछ।
8 #
यशैया 15:1—16:14; 25:10-12; यर्मिया 48:1-47; इजकिएल 25:8-11; आमोस 1:13-15;
यर्मिया 49:1-6; इजकिएल 21:28-32; 25:1-7; आमोस 1:13-15 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मोआबी र अम्मोनीहरूले मेरा प्रजालाई खिसी र अपमान गरेका र तिनीहरूका देश लिने धम्की दिएको मैले सुनेको छु। 9#उत्पत्ति 19:24म इस्राएलका जीवित परमप्रभु परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि मोआब र अम्मोनचाहिँ सदोम र गमोराजस्तै नाश हुनेछन्। मोआब र अम्मोन जङ्गली झारपातले ढाकेका नुनका खानीहरू बन्नेछन् र सधैँको लागि नष्ट हुनेछन् र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश कब्जा गर्नेछन्।”
10तिनीहरूले शेखी र घमण्ड अनि सर्वशक्तिमान् परमप्रभुको प्रजालाई अपमान गरेको निम्ति मोआब र अम्मोनका मानिसहरूले त्यस किसिमको सजाय पाउनेछन्। 11परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्नो देशमा उहाँलाई पुज्नेछ।
12 #
यशैया 18:1-7
कूशका बासिन्दाहरूलाई पनि परमप्रभुले मार्नुहुनेछ।
13 #
यशैया 10:5-34; 14:24-27; नहूम 1:1—3:19 परमप्रभुले आफ्नो शक्तिद्वारा अश्शूर देश पनि नाश पार्नुहुनेछ। उहाँले निनवे सहरलाई उजाड र मरुस्थल बनाउनुहुनेछ। 14त्यो भेडाका बगालहरू, गाई-गोरुका बथानहरू र अरू विभिन्न किसिमका पशुहरू बस्ने ठाउँ हुनेछ। त्यो भताभुङ्ग ठाउँमा लाटोकोसेराहरू बास गर्नेछन् र घरका झ्यालहरूबाट कराउनेछन्। ढोकाका सँघारहरूबाट कागहरू कराउनेछन्। घर बनाउँदा लाएका देवदारुका काठहरू उप्काई लगिनेछन्। 15आफ्नै बलमा घमण्ड गर्ने र आफैंलाई सुरक्षित छु भन्ठान्ने सहरको गति त्यस्तो हुनेछ। “म मात्र छु र मबाहेक अरू छैन,” भनेर त्यो सहरले ठान्दछ। तर त्यो कस्तो उजाड हुनेछ! जङ्गली जन्तुहरू बास बस्ने ठाउँ हुनेछ! त्यसका छेउबाट भएर जानेहरूले खुच्चिङ गर्दै हात हल्लाउनेछन्।
Pašlaik izvēlēts:
सपन्याह 2: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: