ओबदिया पुस्तक परिचय
पुस्तक परिचय
ख्रीष्ट जन्मनुभन्दा ५८६ वर्षअघि यरूशलेम सहर शत्रुका हातमा पर्यो। त्यसरी हार भएको बेलामा तिनीहरूका प्राचीन शत्रु दक्षिण-पूर्वमा बास गर्ने एसावको सन्तान एदोमीहरू रमाए। त्यति मात्र होइन, यहूदा देशका दुर्दशाको लाभ उठाउँदै एदोमीहरूले तिनीहरूका शत्रुहरूलाई मद्दत गरे। अनि यरूशलेम सहर लुटे। त्यो घटना भएको केही कालपछि ओबदियाको पुस्तक लेखिएको हो भनिन्छ तर त्यसको ठीक मिति तोकिएको छैन। एदोमले सजाय पाउनेछ र इस्राएलका अन्य शत्रुहरूका साथसाथ त्यसको पनि हार हुनेछ भनी ओबदियाले ईश्वरवाणी गरे।
संक्षिप्त विषय-सूची
एदोममाथि आउने सजाय १-१४
परमप्रभुको दिन १५-२१
Pašlaik izvēlēts:
ओबदिया पुस्तक परिचय: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.