YouVersion logotips
Meklēt ikonu

मत्ती पुस्तक परिचय

पुस्तक परिचय
यो मत्तीद्वारा लेखिएको सुसमाचार हो। यसले पहिल्‍यैदेखि प्रतिज्ञा गरिएको मुक्तिदाता येशू नै हुनुहुन्‍छ भनेर जाहेर गर्छ। पुरानो समयमा परमेश्‍वरले आफ्‍ना प्रजा यहूदीहरू एउटा मुक्तिदाता पठाउने वाचा गर्नुभएको थियो। त्‍यो वाचाचाहिँ परमेश्‍वरले येशूलाई संसारमा पठाएर पूरा गर्नुभयो। यो सुसमाचार त्‍यो जाति, जसमा येशूको जन्‍म भयो र उहाँको जीवन बित्‍यो, अर्थात् यहूदी जातिका लागि मात्र नभएर समस्‍त संसारको लागि पनि हो।
मत्तीले लेखेको सुसमाचार सिलसिला मिलाएर राखिएको छ। यसले येशूको जन्‍मैदेखि उहाँको मरण र उहाँ फेरि बिउँतनुभएका कुराहरूको बयान गर्छ। यसमा उहाँको जन्‍म, बप्‍तिस्‍मा, परीक्षा र उहाँले गालीलहुँदो गर्नुभएको प्रचार, शिक्षा र चङ्गाइका कामहरूको विषयमा बताइएको छ। उहाँ यरूशलेम जानुभएको, त्‍यहाँ उहाँले आखिरी हप्‍ता बिताउनुभएको, क्रूसमा मर्नुभएको र फेरि बिउँतनुभएका कुराहरू बताइएका छन्।
यो सुसमाचारले येशूलाई व्यवस्था र स्‍वर्ग-राज्‍यका भेद खोल्‍ने अधिकार पाएका महान् गुरु भनी पेश गरेको छ। उहाँका धेरैजसो शिक्षा यी विषयहरूबारे छन्:
१) डाँडाको उपदेश– स्‍वर्ग-राज्‍यका नागरिकहरूलाई चाहिने गुणहरू, विशेष अधिकारको विषयमा यसले बताउँछ (अध्‍याय ५-७)
२) बाह्र चेलाहरूलाई प्रचारको आज्ञा (अध्‍याय १०)
३) स्‍वर्ग-राज्‍यका कथाहरू (अध्‍याय १३)
४) चेलापनको अर्थ (अध्‍याय १८)
५) आजको युगको टुङ्गो र ख्रीष्‍टको दोस्रो आगमनको विषयमा शिक्षा (अध्‍याय २४-२५)।
संक्षिप्‍त विषय-सूची
येशू ख्रीष्‍टको वंशावली र जन्‍म १:१—२:२३
बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवाकार्य ३:१-१२
येशूको बप्‍तिस्‍मा र परीक्षा ३:१३—४:११
येशूले गालीलमा गर्नुभएका सेवाकार्य ४:१२—१८:३५
गालीलदेखि यरूशलेमसम्‍म १९:१—२०:३४
यरूशलेममा उहाँको आखिरी हप्‍ता २१:१—२७:६६
येशू मरेकोबाट बिउँतनुभएको र चेलाहरूको बीचमा प्रकट हुनुभएको २८:१-२०

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties