मत्ती 6
6
धर्म-कर्म बारेमा शिक्षा
1 #
मत्ती 23:5
येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ।
2“जस्तै, तिमीले कसैलाई केही दिँदा झ्याली नपिट। यस्तो त कपटीहरूले पो मानिसबाट प्रशंसा पाउन सभाघर र बाटाहुँदो गर्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। 3त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्। 4दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।
प्रार्थना गर्ने बारेमा शिक्षा
(लूका ११:२-४)
5 #
लूका 18:10-14
“तिमीहरू प्रार्थना गर्दा कपटीले जस्तो प्रार्थना नगर। तिनीहरू त अरू मानिसले देखून् भनेर सभाघर र बाटोको छेउछाउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने जति आफ्नो इनाम पाइसकेका हुन्छन्। 6तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।
7“परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। 8तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। 9तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर–
“हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता,
तपाईंको नाउँ पवित्र गरियोस्।
10तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्।
11दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्,
12हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
13हामीलाई ठूलो जाँचमा नपार्नुहोस्।
तर हामीलाई दुष्टबाट जोगाउनुहोस्।
[किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]
14 #
मर्कूस 11:25,26 “तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। 15तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।
उपवास बस्ने बारेमा शिक्षा
16“नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्। 17तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। 18त्यसो गर्दा मानिसले होइन, तर गुप्तमा हुनुहुने परमेश्वर पिताले मात्रै तिमी उपवास बसेको देख्नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।
स्वर्गमा जम्मा गर्नुपर्ने धन-सम्पत्ति
(लूका १२:३३-३६; १६:१३)
19 #
याकूब 5:2,3 “आफ्नो लागि पृथ्वीमा धन-सम्पत्ति नथुपार। यहाँ थुपारेको सम्पत्तिमा त किरा लाग्छ, खियाले खान्छ र चोरले चोर्छ। 20आफ्नो लागि स्वर्गमा नै धन-सम्पत्ति जम्मा गर। त्यहाँ न किरा लाग्छ न खियाले खान्छ न ता चोरले नै चोर्छ 21किनभने जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।
22“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्यालो हुन्छ। 23तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्यारो हुन्छ। त्यसरी नै तिम्रो हृदयमा भएको उज्यालोचाहिँ अँध्यारो भयो भने त्यो झन् कति बढी अँध्यारो होला!
24“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
चिन्ता नगर्नू
(लूका १२:२२-३१)
25“त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र? 26आकाशमा उड्ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तैपनि स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्यवान् छौ, होइन र? 27तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु अलिक लामो बनाउन सक्छौ र?
28“के लगाउने होला भनेर तिमीहरू किन चिन्ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्। 29#१ राजा 10:4-7; २ इतिहास 9:3-6तर म तिमीहरूलाई भन्छु, सोलोमन राजाको त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। 30आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्वरले यसरी सिंगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै त तिमीहरूको विश्वास?
31“यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्ता नगर। 32परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पितालाई थाहै छ। 33पहिले परमेश्वरको राज्यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ। 34भोलिको चिन्ता नगर। भोलिको समस्या भोलि नै सुल्झिन्छ। आजलाई आजकै दु:ख पुग्दो छ।”
Pašlaik izvēlēts:
मत्ती 6: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: