मत्ती 11
11
बप्तिस्मा दिने यूहन्नाको प्रश्न
(लूका ७:१८-३५)
1आफ्ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो।
2बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए। 3तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” 4येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्दै छौ र सुन्दै छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– 5#यशैया 35:5,6; यशैया 61:1अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्न पाउँदै छन्। 6मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।”
7यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्नाको बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिरहेको निगालोलाई? 8होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्छन्। 9साँच्चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ 10#मलाकी 3:1किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ–
‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु
अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’
11“साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ। 12#लूका 16:16बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि अहिलेसम्म परमेश्वरको राज्य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्यसमाथि जबरजस्तीसँग जित्ने प्रयास गर्दै छन्। 13बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए। 14#मलाकी 4:5; मत्ती 17:10-13; मर्कूस 9:11-13तिनीहरूले भनेका कुरा विश्वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्ना नै हुन्। 15जसको कान छ त्यसले सुनोस्!
16“हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्ता छन्–
17‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ।
हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’
18“दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। 19अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्वरको बुद्धिलाई त्यसका फलले नै ठीक ठहराउँछ।”
विश्वास नगर्ने सहरवासीलाई चेतावनी
(लूका १०:१३-१५)
20जुन सहरहरूमा येशूले धेरै अचम्मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्नुभयो–
21 #
यशैया 23:1-18; इजकिएल 26:1—28:26; योएल 3:4-8; आमोस 1:9,10; जकरिया 9:2-4 “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्यहाँका मानिसहरूले अघि नै पश्चात्ताप गरेर पापलाई छोड्नेथिए अनि पश्चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्नेथिए। 22म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ।
23 #
यशैया 14:13-15;
उत्पत्ति 19:24-28
“हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्तै अचम्मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्म पनि रहिरहने थियो। 24#मत्ती 10:15; लूका 10:12म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्ड सहन सक्नेहुनेछ।”
थाकेकाहरूलाई विश्राम
(लूका १०:२१-२२)
25त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ। 26हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो।
27 #
यूहन्ना 3:35;
यूहन्ना 1:18; 10:15 “मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्दछन्।
28“हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्छु। 29#यर्मिया 6:16मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्नो आत्मामा आराम पाउनेछौ। 30हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।”
Pašlaik izvēlēts:
मत्ती 11: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: