लूका 6
6
पवित्र विश्राम दिनको बारेमा प्रश्न
(मत्ती १२:१-८; मर्कूस २:२३-२८)
1 #
व्यवस्था 23:25
येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे। 2यो देखेर फरिसीहरूले चेलाहरूलाई भने, “पवित्र विश्रामको दिन व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि तिमीहरू किन गर्दै छौ?” 3येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ? 4#लेवी 24:9#१ शमूएल 21:1-6उनले त परमेश्वरको मन्दिरभित्र पसेर परमेश्वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारीबाहेक अरू कसैले पनि त्यो रोटी खानुहुँदैनथ्यो। तर दाऊदले त आफैंले मात्र नखाएर अरू मानिसहरूलाई पनि खान दिए।” 5अनि येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “म मानव पुत्र त पवित्र विश्राम दिनको पनि मालिक हुँ।”
हात सुकेको मानिस निको भएको
(मत्ती १२:९-१४; मर्कूस ३:१-६)
6फेरि अर्को एक पवित्र विश्रामको दिन येशूले सभाघरमा गएर शिक्षा दिनुभयो। त्यहाँ दाहिने हात सुकेको मानिस पनि थियो। 7धर्म-गुरुहरू र फरिसीहरूले येशूलाई दोष लाउने कुरा खोजिरहेका थिए। त्यसो हुँदा तिनीहरूले येशूले त्यस मानिसको हात पवित्र विश्रामको दिनमा निको पार्नुहुन्छ कि भनेर हेर्दै थिए। 8तिनीहरूको मनको कुरा बुझेर येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “तिमी उठेर यहाँ आऊ त!” तुरुन्तै त्यो मानिस उठेर अघिल्तिर गयो 9अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अब भन्नुहोस्, हाम्रो व्यवस्थाले पवित्र विश्रामको दिनमा के गर्नु ठीक छ भन्छ? भलाइ गर्नु भन्छ कि हानि गर्नु? बचाउनु भन्छ कि मार्नु?” 10अनि उहाँले तिनीहरू सबैलाई सरसरती हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” उसले हात तन्कायो र उसको हात निको भइहाल्यो।
11यो देखेर फरिसीहरू रिसले चुर भई येशूलाई के गर्नुपर्ने हो भनेर मतो गर्न थाले।
येशूले बाह्र जनालाई रोज्नुभएको
(मत्ती १०:१-४; मर्कूस ३:१३-१९)
12एक दिन येशू डाँडामा गएर रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभयो। 13बिहान भएपछि उहाँले चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो अनि तिनीहरूलाई प्रेरित भन्ने उपनाम दिनुभयो। 14यसरी छानिएका बाह्र जना यिनै हुन्– सिमोन, जसलाई येशूले पत्रुस नाउँ पनि राखिदिनुभयो, सिमोनका भाइ अन्द्रियास, याकूब, यूहन्ना, फिलिप, बारथोलोमाइ, 15मत्ती, थोमा, अल्फयसका छोरा याकूब, देशभक्त भनिने सिमोन 16र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो।
येशूले धेरै मानिसहरूलाई निको पार्नुभएको
(मत्ती ४:२३-२५)
17येशू चेलाहरूसँगै डाँडाबाट ओर्लनुहुँदा उहाँहरू एउटा चउरमा आइपुग्नुभयो। त्यहाँ धेरै चेला र अरू मानिसहरूको समेत ठूलो घुइँचो लागेको थियो। यहूदिया क्षेत्रका सबैतिरबाट, यरूशलेम सहरबाट अनि समुद्रको किनारमा परेका टुरोस र सीदोन सहरबाट अनगिन्ती मानिसहरू आएर त्यहाँ जम्मा भएका थिए। 18तिनीहरू उहाँको शिक्षा सुन्न र रोगहरूबाट निको हुन आएका थिए। भूत लागेर दु:ख पाएका मानिसहरू पनि निको भए। 19सबै मानिसहरूले उहाँलाई छुन खोजे किनभने उहाँबाट निक्लेको शक्तिले सबै जना निको भए।
येशूले दिनुभएको उपदेश
(मत्ती ५:१-१२)
20त्यसपछि येशूले आफ्ना चेलाहरूलाई हेरेर भन्नुभयो,
“हे गरीब हो! तिमीहरू कति धन्य हौ
किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ
किनभने तिमीहरू अघाउनेछौ।
हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ
किनभने तिमीहरू रमाउनेछौ।
22 #
१ पत्रुस 4:14
“म मानव पुत्रमाथि विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई हेला गरे, समाजबाट निकाले, निन्दा गरे र तिमीहरूको बदनाम गरे भने तिमीहरू धन्य हौ। 23#२ इतिहास 36:16; प्रेरित 7:52त्यति बेला खुसीले नाच्दै रमाओ किनभने हेर, तिमीहरूका लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि तिमीहरूलाई सताउनेका पिता-पुर्खाहरूले ठीक त्यस्तै गरी सताएका थिए।”
24“तर धिक्कार, अहिले धनी हुनेहरू हो!
किनभने तिमीहरूले सुखको जीवन बिताइसक्यौ।
25धिक्कार, अहिले अघाउनेहरू हो!
किनभने तिमीहरू भोकै रहनेछौ।
धिक्कार, अहिले हाँस-खेल गर्नेहरू हो,
किनभने तिमीहरूले दु:ख पाउनेछौ र रोइ-कराइ गर्नेछौ।
26धिक्कार, अहिले मानिसको प्रशंसा पाउनेहरू हो
किनभने यस्तो प्रशंसा त ती मानिसहरूका पिता-पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई पनि दिएका थिए।
शत्रुहरूलाई पनि प्रेम गर्नुपर्छ
(मत्ती ५:३८-४८; ७:१२)
27“तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। 28तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर। 29कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ। 30माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग। 31#मत्ती 7:12अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर।
32“माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्यसै गर्छन्। 33फेरि आफूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छौ भने तिमीहरूले के भलाइ गर्यौ र? पापीहरूले पनि त त्यसै गर्छन्!
34यदि तिर्न सक्नेलाई मात्र ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ र? पापीहरूले पनि त तिर्न सक्ने पापीलाई ऋण दिन्छन्!
35त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ। 36परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ।
अरूलाई दोष नलगाओ
(मत्ती ७:१-५)
37“अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्ती खोज्ने नगर अनि परमेश्वरले पनि तिमीहरूको गल्ती खोज्नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ। 38अरूलाई देओ अनि परमेश्वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।”
39 #
मत्ती 15:14
येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्नुभयो, “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? यदि डोर्यायो भने ती दुवै खाडलमापर्नेछन्? 40#मत्ती 10:24,25; यूहन्ना 13:16; 15:20कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन, तर सिकिसकेपछि भने ऊ गुरुजस्तै हुन्छ।
41“अर्काको आँखाको सिन्का देख्नेले आफ्नो आँखाको मुढो किन देख्दैनौ? 42आफ्नो आँखाको मुढो पनि नदेख्नेले आफ्नो दाजुभाइलाई कसरी भन्न सक्छौ, ‘खै-खै, तिम्रो आँखाको सिन्का निकालिदिऊँ।’ ए कपटीहरू हो! पहिले आफ्नो आँखाको मुढो निकाल अनि पो अर्काको आँखाको सिन्का निकाल्न छर्लङ्गै देख्न सक्नेछौ।
रूख र त्यसको फल
(मत्ती ७:१६-२०; १२:३३-३५)
43“असल रूखमा खराब फल फल्दैन नता खराब रूखमा असल फल फल्न सक्छ। 44#मत्ती 12:33कुनै पनि रूख त्यसको फलबाट चिनिन्छ। काँडाका झ्याङबाट नेभारा टिपिंदैन नता अङ्गुर नै बटुलिन्छ। 45#मत्ती 12:34असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले आफ्नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ किनभने जे मनमा छ, त्यही कुरा मानिसले बोल्दछ।
दुई किसिमका जग
(मत्ती ७:२४-२७)
46“मैले भनेका कुरा मान्दैनौ भने तिमीहरू किन मलाई प्रभु भन्छौ? 47मकहाँ आएर मेरा कुरा सुन्ने र मैले भनेको मान्ने मानिसचाहिँ कस्तो हुन्छ, म तिमीहरूलाई भन्छु। 48ऊ एउटा घर बनाउने मानिसजस्तै हुन्छ, जसले गहिरो गरी खनेर आफ्नो घरको जग चट्टानमाथि बनायो। पानी उर्लेर बाढी आउँदा पनि त्यो घर पक्का गरी बनाइएको हुनाले बाढीले त्यसलाई भत्काउन सकेन। 49तर मेरो कुरा सुनेर नमान्नेचाहिँ जग नहाली घर बनाउने मानिसजस्तै हुन्छ। बाढी आउँदा त्यसको घर ढलेर भताभुङ्गै भयो।”
Pašlaik izvēlēts:
लूका 6: सरल नेपाली
Izceltais
Dalīties
Kopēt

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: