यूहन्ना 19
19
1तब पिलातसले येशूलाई लगेर कोर्रा लगाउन सिपाहीहरूलाई हुकुम दिए। 2कोर्रा लगाएपछि सिपाहीहरूले येशूलाई काँडाको मुकुट र बैजनी रङ्गको राजाले लगाउनेजस्तै पोशाक लगाइदिए 3अनि उहाँको नजिकै आएर “यहूदीहरूका राजाको जय होस्!” भनेर गिल्ला गर्दै थप्पड लगाउन थाले।
4पिलातसले फेरि एक पटक बाहिर निस्केर मानिसहरूको भीडलाई भने, “हेर, मैले यी मानिसमा दण्ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। यो कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले उनलाई तिमीहरूको अगाडि ल्याउँदै छु।” 5त्यसपछि येशू काँडाको मुकुट र बैजनी रङ्गको पोशाक लगाएर नै बाहिर आउनुभयो। पिलातसले तिनीहरूलाई भने, “लौ हेर, यस मानिसलाई!”
6मुख्य पूजाहारी र सिपाहीहरूले येशूलाई देख्नेबित्तिकै चिच्याएर भने, “त्यसलाई झुण्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्!”
पिलातसले तिनीहरूलाई भने, “उसोभए तिमीहरूले नै उनलाई लगेर क्रूसमा झुण्ड्याओ। मैले त उनमा दण्ड दिनुपर्ने कुनै दोष नै भेट्टाइनँ।”
7यहूदी अगुवाहरूले भने, “हाम्रो व्यवस्थाअनुसार त्यसले मृत्युदण्ड पाउनु नै पर्छ किनभने त्यसले आफैंलाई परमेश्वरको पुत्र हुँ भन्ने दाबी गरेको छ।”
8त्यस्तो कुरा सुनेर पिलातस झन् डराए। 9उनी फेरि दरबारभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले कुनै उत्तर दिनुभएन। 10पिलातसले भने, “मलाई किन भन्दैनौ? तिमीलाई थाहा छैन? तिमीलाई क्रूसमा झुण्ड्याउने वा छुट्कारा दिने अधिकार मेरो हातमा छ।”
11येशूले भन्नुभयो, “परमेश्वरले नदिनुभएको भए तपाईंको ममाथि कुनै अधिकार हुने थिएन। त्यसकारण मलाई तपाईंकहाँ सुम्पिदिने मानिसहरू नै अझै ठूलो पापको दोषी हुन्छन्।”
12यो सुनेर पिलातसले येशूलाई फेरि छोडिदिन खोजे। तर यहूदीहरूले कराउँदै भने, “त्यसलाई छोड्ने हो भने तपाईं रोमी महाराजाको मित्र हुनुहुन्न। आफैंलाई राजा हुँ भन्ने मानिसले त महाराजाकै विरोध गर्छ।”
13यी कुराहरू सुनेर पिलातसले येशूलाई दरबारबाट बाहिर ढुङ्गाले ढाकेको आँगनमा लगे, जसलाई हिब्रू भाषामा गब्बथा भनिन्छ। त्यहाँ उनी न्याय गर्ने आसनमा बसे। 14त्यति बेला मुक्ति-दिवस चाडको अघिल्लो दिन लगभग मध्यदिन भएको थियो। न्याय आसनमा बसेपछि पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
15“त्यसलाई मार्नैपर्छ! त्यसलाई मार्नैपर्छ! त्यसलाई क्रूसमा झुण्ड्याउनुपर्छ!” भनेर तिनीहरू सबै कराउन थाले।
पिलातसले तिनीहरूलाई सोधे, “के म साँच्चै तिमीहरूका राजालाई क्रूसमा झुण्ड्याऊँ?”
मुख्य पूजाहारीहरूले जवाफ दिए, “रोमी महाराजाबाहेक हाम्रो अर्को कुनै राजा छैन।”
16यो सुनेर पिलातसले येशूलाई क्रूसमा झुण्ड्याउन तिनीहरूको हातमा सुम्पिदिए।
येशू क्रूसमा
(मत्ती २७:३२-४४; मर्कूस १५:२१-३२; लूका २३:२६-४३)
सिपाहीहरूले येशूको जिम्मा लिए। 17तिनीहरूले येशूलाई खप्परे भन्ने डाँडामा लगे। त्यो ठाउँलाई हिब्रू भाषामा गलगथा भनिन्छ। आफ्नो क्रूस आफैंले बोकेर येशू त्यहाँ जानुभयो। 18त्यस ठाउँमा पुगेर तिनीहरूले उहाँलाई काँटी ठोकेर क्रूसमा झुण्ड्याए अनि उहाँको दाहिने र देब्रेतिर अरू दुई जनालाई पनि भिन्नाभिन्नै क्रूसमा झुण्ड्याए। येशू तिनीहरूका बीचमा टाँगिनुभएको थियो। 19पिलातसले “नासरतका येशू यहूदीहरूका राजा” भन्ने दोष-पत्र लेखेर क्रूसमा टाँसिदिए।
20त्यस दोष-पत्रमा लेखिएको कुरा धेरै मानिसहरूले पढे किनभने त्यो ठाउँ सहरको नजिकै थियो अनि त्यो दोष-पत्र हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। 21यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “यसरी यहूदीको राजा भन्ने नलेखिदिनुहोस्, तर ‘त्यसले म यहूदीहरूका राजा हुँ भनेको थियो’ भनेर लेखिदिनुहोस्।” 22“भइहाल्यो, मैले जे लेखें, लेखें,” भनेर पिलातसले जवाफ दिए।
23सिपाहीहरूले येशूलाई क्रूसमा टाँगिसकेपछि उहाँको लुगा लिएर चार भाग लगाए र आपसमा बाँडे। उहाँको लामो कुर्ताचाहिँ माथिदेखि तलसम्म सिउनैनपर्ने गरी बुनिएको थियो। 24#भजनसंग्रह 22:18यो देखेर तिनीहरूले आपसमा भने, “यसलाई चाहिँ नच्यातौं, तर यो कसको भागमा पर्दोरहेछ, चिट्ठा हालेर हेरौं।”
“तिनीहरूले मेरा लुगा आपसमा बाँडे र मेरा पोशाकमा चाहिँ चिट्ठा हाले,” भनेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आयो।
25येशूको क्रूसको नजिकै उहाँकी आमासँग आमाकी बहिनी र क्लोपासकी पत्नी मरियम अनि मरियम मग्दलिनी उभिरहेका थिए। 26येशूले आफ्नी आमा र आफ्ना प्यारो चेलालाई नजिकै उभिरहेका देखेर आफ्नी आमालाई भन्नुभयो, “आमा हेर्नुहोस्, यिनी तपाईंका छोरा हुन्।” 27अनि ती चेलालाई भन्नुभयो, “हेर, उहाँ तिम्री आमा हुनुहुन्छ।” त्यस दिनदेखि त्यो चेलाले येशूकी आमा मरियमलाई आफ्नो घरमा लगे।
येशूको मृत्यु
(मत्ती २७:४५-५६; मर्कूस १५:३३-४१; लूका २३:४४-४९)
28 #
भजनसंग्रह 69:21; 22:15 अब त मेरो काम सिद्धियो भन्ने कुरा येशूले जान्नुभयो अनि धर्मशास्त्रमा लेखिएका कुरा एक-एक गरी पूरा होस् भनी उहाँले “मलाई तिर्खा लाग्यो!” भनेर भन्नुभयो 29त्यहाँ सिर्काले भरिएको एउटा भाँडो थियो। सिपाहीहरूले एउटा स्पन्ज हिसपको हाँगामा अड्काई येशूको मुखमा लगाइदिए। 30अलिकति सिर्का खाएर येशूले भन्नुभयो, “अब मेरो काम सिद्धियो!” त्यसपछि उहाँले मुन्टो निहुराएर प्राण त्याग्नुभयो।
येशूको कोखामा भालाले रोपिएको
31त्योचाहिँ तयारीको दिन अर्थात् विश्राम दिनको अघिल्लो दिन थियो र निस्तार चाड परेकोले भोलिपल्टको विश्राम दिनचाहिँ विशेष पवित्र दिन थियो। त्यसैले यहूदी अगुवाहरूले ‘त्यो ठूलो दिनमा लाश क्रूसमा राखिछोड्नुहुँदैन’ भन्ने सल्लाह गरे अनि तिनीहरूले पिलातसकहाँ गएर यसरी बिन्ती चढाए, “मृत्युदण्ड पाएकाहरू चाँडै मरून् भनेर तिनीहरूका खुट्टा भाँचेर क्रूसबाट झारियोस्।” 32तब सिपाहीहरूले पहिले येशूसँग क्रूसमा झुण्ड्याइएका दुई जना मानिसहरूका खुट्टा भाँचिदिए। 33तर येशूको पनि खुट्टा भाँच्न आँट्दा त उहाँ मरिसक्नुभएको रहेछ। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। 34तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्यो अनि कोखाबाट रगत र पानी निस्कियो।
35(तिमीहरूलाई विश्वास लागोस् भनेर यी घटनाहरू आफ्नो आँखाले देख्नेले जस्ताको त्यस्तै भनेका छन् अनि उसको साक्षी सत्य छ)। 36#प्रस्थान 12:46; गन्ती 9:12; भजनसंग्रह 34:20“उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो। 37#जकरिया 12:10; प्रकाश 1:7फेरि अर्को ठाउँमा पनि धर्मशास्त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”
चिहानमा येशू
(मत्ती २७:५७-६१; मर्कूस १५:४२-४७; लूका २३:५०-५६)
38अरिमाथिया सहरबाट आएका योसेफ नाउँ गरेका एक जना चेला थिए। यहूदी अगुवाहरूको डरले उनले अरूले थाहा नपाउने गरी येशूलाई विश्वास गरेका थिए। अब उनले येशूको लाश लान पाऊँ भनी पिलातससँग मागे। पिलातसले पनि “हुन्छ, लैजाऊ,” भने। योसेफले गएर येशूको लाशलाई क्रूसबाट झारेर लगे। 39#यूहन्ना 3:1,2येशूलाई राती भेट्न जाने निकोदेमस पनि योसेफसँगै थिए। उनले चाहिँ तेत्तीस किलो जति मूर्र र एलवा बोटबाट बनाइएको मग्मग् बास्ना आउने अत्तर ल्याए। 40ती दुई जना मानिसहरूले यहूदी चलनअनुसार येशूको लाशलाई अत्तर हालेर कात्रोले बेरे र चिहानमा राख्न तयार गरे। 41येशूलाई क्रूसमा झुण्ड्याइएको ठाउँको छेउमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै मुर्दा नराखेको एउटा नयाँ चिहान थियो। 42विश्रामको दिन सुरु हुनुभन्दा अघि यो तयारीको दिन भएकोले उनीहरूले येशूको लाशलाई त्यो नजिकैको चिहानमा राखे।
Pašlaik izvēlēts:
यूहन्ना 19: सरल नेपाली
Izceltais
Dalīties
Kopēt

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: