YouVersion logotips
Meklēt ikonu

प्रस्‍थान पुस्‍तक परिचय

पुस्‍तक परिचय
प्रस्‍थानको अर्थ ‘बिदा’ वा ‘यात्राको सुरु’ हो। यस पुस्‍तकमा इस्राएलको इतिहासको मूल घटनाको अर्थात् इस्राएलका प्रजाहरू कमारा-कमारी भइबसेका मिश्रदेशबाट इस्राएली जातिहरू बिदा भएका कुराको वर्णन छ। यस पुस्‍तकमा तीन मुख्‍य भाग छन्:
१) हिब्रूहरू दासत्‍वबाट छुटेका र तिनीहरूको सीनै पर्वतसम्‍मको यात्रा।
२) सीनैमा परमेश्‍वरले आफ्‍ना प्रजासित करार बाँध्‍नुभएको, जसबाट आफ्‍नो जीवन व्यतीत्‌ गर्न तिनीहरूले नैतिक, नागरिक र धार्मिक नियम-विधिहरू पाए।
३) इस्राएलीहरूले पूजा गर्न बनाएका र सजाएका पूजास्‍थल अनि पूजाहारी र परमेश्‍वरको पूजासम्‍बन्‍धी नियमहरू।
सबभन्दा सुरुमा यस पुस्‍तकमा परमेश्‍वरले दासत्‍वमा भएका आफ्‍ना प्रजालाई मुक्त गरी एउटा भविष्‍यको लागि आशा पाएका जाति बनाउनलाई के-के गर्नुभयो, त्‍यसको बयान छ।
यस पुस्‍तकमा मुख्य पात्र मोशा छन्, जसलाई परमेश्‍वरले आफ्‍ना प्रजालाई मिश्रदेशबाट अगुवाइ गरी निकाली लैजान चुन्‍नुभयो। यस पुस्‍तकको सबैभन्दा प्रसिद्ध भाग दश आज्ञाको सूची हो, जुन बीस अध्‍यायमा छ।
संक्षिप्‍त विषय-सूची
इस्राएलीहरू मिश्रदेशबाट मुक्त हुन्‍छन् १:१—१५:२१
क) मिश्रदेशमा कमारा-कमारी रहेका १:१-२२
ख) मोशाको जन्‍म र बाल्‍यकाल २:१—४:३१
ग) मोशा र हारूनद्वारा मिश्री राजाको सामना ५:१—१५:१०
घ) निस्‍तार-चाड र मिश्रबाट यात्रा १२:१—१५:२१
लाल समुद्रदेखि सीनै पर्वतसम्‍म यात्रा १५:२२—१८:२७
व्यवस्था र करार १९:१—२४:२८
पवित्र पाल र आराधना निर्देशन २५:१—४०:३८

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties