YouVersion logotips
Meklēt ikonu

आमोस 8

8
एक डालो फलको दर्शन
1परमप्रभु परमेश्‍वरबाट मैले अर्को एउटा दर्शन पाएँ। त्‍यसमा मैले एक डालो पाकेको फल देखें। 2परमप्रभुले सोध्‍नुभयो, “आमोस, तँ के देख्‍दैछस्?”
मैले जवाफ दिएँ, “एक डालो पाकेको फल।”
परमप्रभुले मलाई भन्‍नुभयो, “मेरो प्रजा इस्राएलको अन्‍त आइपुग्‍यो। तिनीहरूलाई सजाय दिने कुराबारे म अब फेरि मेरो मन बदल्‍नेछैनँ। 3त्‍यस दिनमा राजमहलमा गाइने गीतहरू विलापको स्‍वरमा फेरिनेछन्। चारैतिर लाशको थुप्रो लाग्‍नेछ। ती लाशहरू चुपचाप बाहिर फालिनेछन्।”
इस्राएलको विनाश
4हे दरिद्रलाई कुल्‍चीमिल्‍ची गर्नेहरू र देशका गरीबलाई नाश गर्नेहरू हो! यो कुरा सुन। 5तिमीहरू आफ्‍ना मन-मनमा भन्‍दछौ, “कहिले औंसी बित्‍छ र हामी अन्‍न बेच्‍न पाऔँला? कहिले विश्रामको दिन समाप्‍त हुने हो र हामी गहुँ किनबेच सुरु गर्न सकौंला? हामी धेरै दाम लिन, झूटा ढक-तराजु चलाउन र नाप-तौलमा घटबढ गरेर ग्राहकहरूलाई ठग्‍न सक्‍नेछौं।
6भूइँमा खसेको गहुँ उठाएर धेरै मूल्‍यमा बेच्‍न सक्‍नेछौं। आफ्‍नो ऋण तिर्न नसक्‍ने वा एक जोर जुत्ताको दाम पनि तिर्न नसक्‍ने गरीबलाई किनेर कमारा बनाउनेछौं।”
7इस्राएलका परमेश्‍वर परमप्रभुले यस्‍तो शपथ खानुभएको छ, “म तिनीहरूका दुष्‍कर्म कहिले भुल्‍नेछैनँ। 8यसर्थ पृथ्‍वीमा भूइँचालो जानेछ र देशका सबैले विलाप गर्नेछन्। सम्‍पूर्ण देश हल्‍लाइनेछ। नील नदीझैँ त्‍यो उठ्‍नेछ र खस्‍नेछ। 9समय आउँदै छ जब म मध्‍यदिनमा सूर्य अस्‍ताउन लगाउनेछु र दिउँसै पृथ्‍वीमा अँध्‍यारो हुनेछ। म सार्वभौम परमप्रभुले बोलेको छु। 10तिम्रा चाड-बाड शोकमा र तिम्रा आनन्‍दका गीतहरू विलापमा परिवर्तन हुनेछन्। म तिमीहरूलाई कपाल खौरन र भाङ्‌ग्राका लुगा लाउन लगाउनेछु। तिमीहरू एकलौटे छोरोको निम्‍ति विलाप गर्ने आमा-बुबाजस्‍ता हुनेछौ। त्‍यो दिन ज्‍यादै विषादको दिन हुनेछ।
11“समय आउँदै छ, जब देशमा म अनिकाल ल्‍याउनेछु। मानिसहरू भोकाउनेछन् तर भोजनको निम्‍ति होइन। तिनीहरू तिर्खाउनेछन् तर पानीको निम्‍ति होइन। तर परमप्रभुको वचनको निम्‍ति तिनीहरू भोकाउने र तिर्खाउनेछन्। म सार्वभौम परमप्रभु बोलेको छु। 12मानिसहरू एउटा समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्‍मै घुम्‍नेछन् र सबै ठाउँहरूमा परमप्रभुको वचनको खोजी गर्नेछन् तर भेट्टाउनेछैनन्। 13त्‍यस दिन सुन्‍दरी तरुणीहरू र तरुण युवकहरू पनि तिर्खाले मुर्छापर्नेछन्। 14सामरियाका मूर्तिहरूका नाममा किरिया खानेहरू, जसले ‘दानको देवता’ वा ‘बेर्शेबाको देवताको’ नाममा भन्‍दै किरिया खान्‍छन्, तिनीहरू लोट्‍नेछन् र फेरि कहिल्‍यै उठ्‍न सक्‍नेछैनन्।”

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties