YouVersion logotips
Meklēt ikonu

प्रेरित पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पुस्‍तक लूकाद्वारा लेखिएको हो। यसमा उनले आफूले लेखेको सुसमाचारलाई लगातार जारी राख्‍छन्। यसको मुख्‍य उद्देश्‍य येशूका पहिलेका चेलाहरूले कसरी पवित्र आत्‍माको अगुवाइ पाए र उनीहरूले “यरूशलेममा र पूरै यहूदिया र सामरिया क्षेत्रहरूमा अनि पृथ्‍वीका कुना-कुनासम्‍म” (१:८) उहाँको सुसमाचार फैलाए भनेर बताउनु हो। यो ख्रीष्‍टियान आस्थाको प्रचार यहूदीहरूबाट फैलिएर जम्‍मै संसारको लागि आस्था बन्‍न गएको एउटा घटना हो। यो पढ्‍नेहरूलाई ख्रीष्‍टियानहरू रोमी राज्‍यका लागि तोड्फोड ल्‍याउने कुनै खतरा होइनन्, ख्रीष्‍टियान विश्‍वासचाहिँ यहूदी धर्मको पूर्ति हो भनी विश्‍वास दिन लेखिएको हो।
प्रेरितहरूका कामलाई तीन मुख्‍य भागमा बाँड्‍न सकिन्‍छ: १) येशू स्‍वर्ग जानुभएपछि यरूशलेममा सुरु भएको ख्रीष्‍टियान हलचल; २) प्‍यालेस्‍टाइनका अन्‍य भागहरूमा प्रचार फैलिएको; ३) भूमध्‍य सागरका छेउछाउका देशहरूमा र रोमसम्‍मै प्रचार फैलिएको।
यस पुस्‍तकको मुख्‍य विषयचाहिँ पवित्र आत्‍माको काम हो। उहाँ पेन्‍तिकोसको दिन यरूशलेममा विश्‍वासीहरूमा शक्तिसहित आउनुहुन्‍छ, मण्‍डली र अगुवाहरूलाई यस पुस्‍तकमा देखाइएका घटनाहरूभरि अगुवाइ गर्नुहुन्‍छ र उनीहरूलाई विश्‍वासमा दरिला तुल्‍याउनुहुन्‍छ। सुरुको ख्रीष्‍टियान समाचारचाहिँ अनेक स-साना धार्मिक उपदेशहरूमा दिइएको छ। यस पुस्‍तकमा लेखिएका घटनाहरूले विश्‍वासीहरूको जीवन र तिनीहरूको संगतिमाथि त्‍यो समाचारको शक्ति कस्‍तो थियो भनेर देखाउँछन्।
संक्षिप्‍त विषय-सूची
साक्षीको लागि तयारी १:१-२६
क) येशूको अन्‍तिम आज्ञा र प्रतिज्ञा १:१-१४
ख) यहूदाको सट्टामा चुनिएको व्‍यक्ति १:१५-२६
यरूशलेममा साक्षी २:१—८:३
यहूदिया र सामरियामा साक्षी ८:४—१२:२५
पावलको प्रचार १३:१—२८:३१
क) पहिलो प्रचार यात्रा १३:१—१४:२८
ख) यरूशलेममा भएको सम्‍मेलन १५:१-३५
ग) दोस्रो प्रचार यात्रा १५:३६—१८:२२
घ) तेस्रो प्रचार यात्रा १८:२३—२१:१६
ङ) यरूशलेम, कैसरिया र रोममा पावल कैदी भएका २१:१७—२८:३१

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties