1
लूका 6:38
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
अरूलाई देओ अनि परमेश्वरले पनि तिमीहरूलाई दिनुहुनेछ। उहाँले त खाँदीखाँदी झुसी पारेर दिनुहुनेछ। जुन नापले तिमीहरू अरूहरूलाई दिन्छौ, त्यही नापले तिमीहरूले पनि पाउनेछौ।”
Salīdzināt
Izpēti लूका 6:38
2
लूका 6:45
असल मानिसले आफ्नो मनमा भएको असल कुराको ढुकुटीबाट असल कुरा नै निकाल्छ। खराब मानिसले आफ्नो मनमा भएको खराब कुराको ढुकुटीबाट खराब कुरा नै निकाल्छ किनभने जे मनमा छ, त्यही कुरा मानिसले बोल्दछ।
Izpēti लूका 6:45
3
लूका 6:35
त्यसो होइन, शत्रुहरूलाई माया गर, सबैको भलाइ गर र ऋण माग्नेहरूलाई फिर्ता लिने आशै नराखी ऋण देओ। त्यसो गर्यौ भने तिमीहरूले ठूलो इनाम पाउनेछौ र तिमीहरू महान् परमेश्वरका सन्तान कहलिनेछौ। परमेश्वरले त बैगुनी र दुष्टलाई पनि दया गर्नुहुन्छ।
Izpēti लूका 6:35
4
लूका 6:36
परमेश्वर पिता जस्तो दयालु हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै दयालु होओ।
Izpēti लूका 6:36
5
लूका 6:37
“अरूलाई दोष नलगाओ अनि परमेश्वरले पनि तिमीहरूलाई दोष लगाउनुहुनेछैन। अरूको गल्ती खोज्ने नगर अनि परमेश्वरले पनि तिमीहरूको गल्ती खोज्नुहुनेछैन। अरूलाई माफ देओ अनि परमेश्वरले पनि तिमीहरूलाई माफ दिनुहुनेछ।
Izpēti लूका 6:37
6
लूका 6:27-28
“तर मेरा शिक्षा सुन्ने तिमीहरूलाई म भन्छु, शत्रुहरूलाई प्रेम गर अनि आफूलाई हेला गर्नेलाई भलाइ गर। तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।
Izpēti लूका 6:27-28
7
लूका 6:31
अरूले तिमीहरूलाई जे गरिदिएको चाहन्छौ, त्यही नै तिमीहरूले पनि अरूहरूलाई गर।
Izpēti लूका 6:31
8
लूका 6:29-30
कसैले तिमीलाई एउटा गालामा हिर्काउँछ भने अर्को गाला पनि थापिदेओ। तिम्रो कोट लान खोज्नेलाई कमिज पनि लान देओ। माग्नेहरूलाई देओ, लानेहरूसँग फिर्ता नमाग।
Izpēti लूका 6:29-30
9
लूका 6:43
“असल रूखमा खराब फल फल्दैन नता खराब रूखमा असल फल फल्न सक्छ।
Izpēti लूका 6:43
10
लूका 6:44
कुनै पनि रूख त्यसको फलबाट चिनिन्छ। काँडाका झ्याङबाट नेभारा टिपिंदैन नता अङ्गुर नै बटुलिन्छ।
Izpēti लूका 6:44
Mājas
Bībele
Plāni
Video