1
प्रस्थान 32:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मानिसहरूले मोशालाई धेरै दिनसम्म पर्वतबाट नओर्ली ढिलो गरेको देखेर हारूनका चारैतिर भेला भएर तिनलाई भने, “हामीलाई मिश्रदेशबाट निकाली ल्याउने मोशालाई के भयो, हामी जान्दैनौं र अब हाम्रो अगुवाइ गर्न एउटा देवता बनाइदेऊ।”
Lee anya n'etiti ihe abụọ
Nyochaa प्रस्थान 32:1
2
प्रस्थान 32:7-8
परमप्रभुले मोशालाई भन्नुभयो, “तल ओर्लेर झट्टै गइहाल्। तैँले मिश्रबाट निकाली ल्याएका तेरा मानिसहरूले पाप गरेर मलाई मान्न छोडेका छन्। मैले तिनीहरूलाई आज्ञा गरेको बाटो तिनीहरूले छोडिसके। सुन पगालेर तिनीहरूले एउटा बाछो बनाएका छन् र त्यसलाई पुजेर बलि चढाएका छन्। हामीहरूलाई मिश्रबाट निकाली ल्याउने देवता यही हो भनेर तिनीहरूले भन्दै छन्।
Nyochaa प्रस्थान 32:7-8
3
प्रस्थान 32:5-6
तब हारूनले सुनको बाछोको अघि एउटा वेदी बनाएर भने, “भोलि परमप्रभुको आदरमा एउटा चाड मनाइनेछ।” भोलिपल्ट बिहानै केही पशुहरू ल्याई तिनीहरूले होमबलि चढाए। अनि कति पशुहरूलाई खानाको निम्ति मेलबलि चढाइयो। मानिसहरूले भोज खाए र मनमोज गर्न लागे।
Nyochaa प्रस्थान 32:5-6
4
प्रस्थान 32:30
भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले घिनलाग्दा पाप गरेका छौ। अब म फेरि पर्वतमा परमप्रभुकहाँ जानेछु र तिमीहरूका पाप क्षमाको निम्ति बिन्ती गरिदिनेछु।”
Nyochaa प्रस्थान 32:30
Ebe Mmepe Nke Mbụ Nke Ngwá
Akwụkwọ Nsọ
Atụmatụ Ihe Ogụgụ Gasị
Vidiyo Gasị