BibleProject | जर्नी थ्रु लुक एण्ड एक्ट्सMuestra

पावल र बारनाबास एन्टिओखियाबाट लखेटिएपछि, तिनीहरू येशूको राज्यको शुभ समाचार लिएर आइकोनियन सहरको यात्रा गर्छन्। केहीले तिनीहरूको सन्देशमा विश्वास गर्छन्।, तर यसलाई इन्कार गर्नेहरूले तिनीहरूको विरुद्धमा सक्रिय भई समस्या खडा गर्छन्। अवस्था यति उग्र बन्यो कि सारा सहर नै यस विषयमा विभाजित हुन्छ। अनि तिनीहरूको विरुद्धमा आएका ज्यान मार्ने धम्कीहरूबारे थाहा पाएपछि, चेलाहरू लाइकोनिया, लिस्त्रा, डर्बी र वरिपरिका क्षेत्रहरूमा जान्छन्।
लिस्त्रामा छँदा, पावलले एक जना जन्मैदेखिको लङ्गडोलाई भेट्छन्। येशूको शक्तिद्वारा पावलले तिनलाई निको पारेपछि मानिसहरूले उनलाई यिनी त हामीलाई भेट्न आएका ग्रीक देवता हुन् भन्ठान्छन् र तिनीहरूले उनको पूजा गर्न खोज्छन्। परमेश्वर एउटै मात्र हुनुहुन्छ र आफूहरू उहाँका सेवकहरू मात्र हुन् भनेर जोड दिँदै पावल र बर्णाबासले मानिसहरूलाई हतार-हतार सम्झाउँछन्। तर मानिसहरूले यो कुरालाई त्यति राम्ररी बुझ्न्दैनन् अनि पावल र बर्णाबासका शत्रुहरूको कुरा पत्याएर तिनीहरूले त पावललाई बरु मार्नु पो पर्छ भन्छन्। पावल बेहोस भइञ्जेलसम्म तिनीहरूले पावललाई ढुङ्गाले हान्छन्। उनी मरेछन् भन्ने ठानेर तिनीहरूले उनको शरीर लिस्त्राबाट बाहिर निकाल्छन्। पावलका मित्रहरूले उनलाई वरीपरी घेर्छन् र उनी खडा भएर फेरि सहरमा नै हिँडेर गएको देख्दा तिनीहरू छक्क पर्छन्। भोलीपल्ट, पावल र बर्णाबास सुसमाचार प्रचार गर्न डर्बीमा पुग्छन्, त्यसपछि फेरि हरेक नयाँ मण्डलीको लागि थप अगुवाहरू नियुक्त गर्न र कठिनाइ सहँदै दृढ रहन इसाईहरूलाई प्रोत्साहन दिनको लागि तिनीहरू लिस्त्रा र आसपासका सहरहरूमा फर्किएर आउँछन्।
Escrituras
Acerca de este Plan

जर्नी थ्रु लुक एण्ड एक्ट्स ले व्यक्ति, स-साना समूह र परिवारहरूलाई 40 दिनमा लुक एण्ड एक्ट्स का किताबहरू पढ्न प्रेरित गर्छ।. यो योजनाले सहभागीहरूलाई येशुको सामना गर्न र लुक को उत्कृष्ट साहित्य र विचार प्रवाहमा संलग्न हुन मद्दत गर्ने एनिमेट गरिएका भिडियो र गहन पहुँचयोग्य सारांशहरू सम्मिलित गर्छ।
More